काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कार्यालयमा राखेको नक्शामा टिप्पणी गरेका छन् ।

उनले देशका नेताहरुमाथि व्यंग्य गर्दै आफैंसँग भएको नेपाललाई राम्रोसँग चलाउन नसकेको र यति ठूलो भए के गर्थे होलान् भन्ने प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबकुमा गिरीले लेखेका छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् । भुइंको टिप्न नखोजौं । भएकोलाई जोगाऔं ।’