काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो ।