काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्।

फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए।

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए।