काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

शुक्रवार बसेको सुनुवाइ समितिको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । बठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ज्येष्ठ सदस्य सभापति सभापति पशुपति समशेर जबराले कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको बताउनु भयो । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रश्तावित कार्कीसँग बिहीवार कार्ययोजना लिएको थियो भने शुक्रवार प्रश्नोत्तर गरेको थियो । कार्कीले सर्वोच्च अदालतमा साउन २० गतेसम्म मात्रै नेतृत्व गर्नुहुनेछ ।

सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गत असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहनुभएको छ ।