काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्पताल भर्ना भएका छन् ।

मुटुमा फेरि समस्या देखिएपछि गए राति उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे उनकाे सचिवालयले जनाएकाे ।

स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार, अहिले भने राष्ट्रपति पाैडेलकाे स्वास्थ्य अवस्था सामान्य छ ।