काठमाडौं – लोकप्रिय गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको ‘तस्विरमा कोरु लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा डार्क एन्जलको शब्द रहेको छ भने तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई सविन लिम्बुले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा डार्क एन्जल र सोनाम शेर्पा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोलाई देवेन्द्र पुनले छायाँकन गरेका हुन् भने विजेश पौडेलले सम्पादन गरेका हुन्। डार्क एन्जल को निर्देशनमा भिडियो तयार पारिएको हो। ‘डेमो क्रियशन’ नामक य़ुट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। करिव १ वर्ष अघि यहि टिमले ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको थियो। आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।