भारतीय फिल्म ‘आदिपुरुष’ का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ सम्म भारतकै भाग रहेको बताएका छन्।

नेपालमा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादलाई लिएर विवाद भएको थियो। फिल्मको विवादित संवादबारे एक भारतीय टेलिभिजनसँग कुराकानी गर्दै उनले सन् १९०४ सम्म नेपाल भारतकै भाग रहेको बताएका हुन्।

‘नेपालको विरोध मैले अझै बुझ्न सकेको छैन। यो त्यतिबेलाको कहानी हो, जतिबेला नेपाल भारतको एक अंश थियो। यदि हामीले सीतालाई भारतकी छोरी भनिरहेका छौं भने नेपाल त्यतिबेला कहाँ भारतबाट अलग थियो,’ उनले भने, ‘नेपाल त १९०३ वा १९०४ मा भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। त्यस हिसाबले सीता भारतकी छोरी थिइन्।’