काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सरकारले ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताउनु भएको छ । 

आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले विद्युत प्रशारण र वितरण लाइन निर्माणमा राज्यका अन्य कुनैपनि निकायले सहयोग नगरेको भन्दै ट्रान्समिसन लाइन निर्माणलाई प्राथमिकता नदिए विद्युत आपूर्तिमा समस्या आउने बताउनु हो ।

उहाँले बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन वा बिजुलीबाट आर्थिक लाभ लिन प्रशारण र वितरण लाइनमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले प्रशारण र वितरण लाइन निर्माण कार्यलाई सुधार गर्न नसके ऊर्जा क्षेत्रमा लगानी भएको अर्बौं रुपैयाँ जोखिममा पर्ने सम्भावना रहेको बताउनु भयो। उहाँले प्रशारण र वितरण लाइन निर्माणमा गर्दा जग्गा प्राप्ति, रुख कटान लगायत समस्याका कारण प्रशारण लाइन निर्माण हुन नसक्दा बिजुली वितरणमा समस्या देखिएको दाबी गर्नुभयो।

उहाँले विद्युतसमा सबै निकायहरुको सहयोग नभए देशमा ट्रान्समिसन लाइन बनाउन धेरै ठूलो चुनौति रहेको बताउनु भयो। घिसिङले ट्रान्समिसन लाइन नबने अर्को वर्ष विद्युत व्यवस्थापन गर्नसक्ने सम्भावना नभएको बताउनु भयो। उहाँले हेटौँडादेखि न्युबुटवलसम्मको एमसीसीले बनाउने ४०० केभि लाइन ढिलो भयो भने धेरै विद्युत खेरा जाने बताउनु भयो।

उहाँले ट्रान्समिसन लाइनमा ठूलो लगानी आवश्यक रहेको बताउनु भयो। उहाँले अहिले उत्पादित विद्युत खपत गर्न र बाँकी रहेको विद्युत निर्यात गर्नको लागि संरचनामा लगानी गर्न नसके अर्को विस्फोट (डिजास्टर) हुने बताउनु भयो ।  उहाँले ५ वर्ष भित्र शुरु गरेका आयोजनाहरुको निर्माणमा ४ देखि ५ खर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भयो।

उहाँले पूर्वपश्चिम ट्रान्समिसन, क्रसबोर्डर लाइन  र आन्तरिक सवस्टेसनहरु बनाएर काठमाडौंको विद्युत सप्लाई सहज बनाउनको लागि करिव ५० देखि ६० अर्ब रुपैयाँ आवश्यक पर्ने बताउनु भयो। उहाँले विद्युत बिस्तारका लागिसमग्र मुलुक भरमा करिव ८ खर्बको लगानी आवश्यकता पर्ने देखिएको बताउनु भयो।