काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि देशभर सामाजीक संजालमा प्रतिकृया देखिन थालेका छन ।

नेपाली चलचित्रका निर्माता दीपकराज गिरीले पनि यसमा बिषयमा प्रतिकृया दिएका छन ।

गिरीले ‘आदिपुरुष’ माथि रोक लगाउनु जायज भए पनि अन्य भारतीय फिल्महरू रोक्न नहुने तर्क गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुषमात्रै बन्द गरौं ।’

भारतबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्नसक्ने उनको चिन्ता छ ।

‘उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ ?’ उनको भनाइ छ ।

यसअघि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दा आलोचना गरेका गिरीले आदिपुरुषलाई लिएर बालेनले लेखेको स्टाटसलाई भने समर्थन जनाएका थिए ।