काठमाडौं। आज देखी काठमाडौंमा भारतीय सिनेमा नचल्ने भएका छन् ।

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाएपछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।

रामायणबाट प्रभावित भनिएको उक्त फिल्मका लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको र जानकी भारतकै भएको विवादित बयान दिएका थिए ।

महानगरकाे आग्रहलाई सबै हलले साथ दिएका छन् । आजका लागि कुनै पनि हिन्दी चलचित्रलाई शाे दिइएकाे छैन् ।