‘आदिपुरुष’ विवादकाे बिषयमा नेपालका कलाकारहरूमा सामाजिक सञ्जालमा टीकाटिप्पणी देखिएकाे छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने कुरा लेखे, त्यसपछि अभिनेता गिरीले जवाफ दिएका थिए- समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौं ।’
उनले फेसबुकमा यति के मात्र लेखेका थिए, उनलाई कमेन्टमा गालीको ओइरो लाग्यो ।
उनले पछिल्लो पटक एउटा पोस्ट गरे- ‘एउटा भाइले भने ‘दाइ फेसबुक हेर्नु भो, तपाईँले गाली खाइ रहनु भा छ ! मैले भनेँ- ‘होइन भाइ कसैले गाली दियो होला, तर मैले खाएको छैन ! शुभ प्रभात !!’
यो पोस्ट गिरीकै ‘आदिपुरुष’ सम्बन्धित पोस्टमा आएको गालीलाई लिएर थियो । यही पोस्टमा माग्ने बुढाले कमेन्ट गरेका छन् । ‘छिमेकी र बाउको झगडा पर्या बेला छिमेकीलाई फाइदा पुग्ने गरी बोल्दा दाजुभाइको एक-दुई मुक्का भेट्नु सामान्य कुरा हो ।’
अब दीपक पनि के कम । फर्काई हाले जवाफ- ‘केदार प्रसाद घिमिरे, वाउ एनोदर पपुलिस्ट कमेन्ट फ्रम माई ब्रदर !!! स्ट्याटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु !’
यी पोस्ट र प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ ।







