काठमाडौँ । कार्यक्रममा प्रसारण भएका केही प्रस्तुतिलाई लिएर आलोचना भएपछि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ले माफी मागेको छ ।

कार्यक्रम निर्माण कम्पनी थ्रि प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै आफूहरूको उद्देश्य कुनै जात, सम्प्रदाय, धर्म, पेसा वा संस्कृतिलाई होच्याउने नभई विशुद्ध मनोरञ्जन मात्र रहेको तर यही गर्ने क्रममा कुनै समुदाय वा सम्प्रदायलाई भुलवश चोट पुग्न गएकोमा अव उप्रान्त त्यस्तो कुरामा ध्यान दिने बताएको हो ।

केही समयअघि यो कार्यक्रममा गन्धर्वको प्रस्तुतिलाई लिएर गन्धर्व समाजले आपत्ति जनाएको थियो ।

सोमा गन्धर्व बनेर प्रस्तुत हुने पवन भट्टराईको प्रस्तुतिले आफूहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै गन्धर्व समाजले आपत्ति जनाएको थियो ।