गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘जाने रहेछौ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गीतलाई राज क्षेत्रीले लेखेका हुन् ।
भिडियोमा आकाश श्रेष्ठ र रेश्मा घिमिरेलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
प्रशान परियारको संगीत रहेको गीतमा उनी र नवीन सुनारकाे एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेकाे छ । म्युजिक भिडियोलाई साजन कटेलले निर्देशन गरेका हुन् ।








