काठमाडौं – गायिका बिमोचना लोम्जेलको सुमधुर स्वरमा सजिएको ‘सबै सोध्छन्’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द साहित्यकार एवम गीतकार श्रीमती पुष्पा राईको रहेको छ। गायिका लोम्जेलका बुवा चन्दन लोम्जेलले यस गीतलाई संगीत र संगीत संयोजन गरेका हुन्।

कोक्स स्टुडियोको भाइब्स दिने सेट अपमा खिचिएको यस भिडियोको छायाँकन, सम्पादन, निर्देशन सिखेर क्षेत्रीले गरेका हुन्। निनद राई र उद्धव राई निर्माता रहेको यस गीतको भिडियोलाई ‘वालिङ हाउस प्रडक्शन‘ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

आगामी दिनमा अन्य धेरै कलाकारहरुको सिर्जनाहरु यस च्यानलबाट सार्वजनिक गरिदै लैजाने च्यानलका संचालक प्रणय राईले बताएका छन्। नयाँ गीतलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।