काठमाडौं – युवा गायक आयुष मगरको डेब्यु म्युजिक भिडियो ‘माया पनि बसेकै थियो’ लाई १ महिनामा १० लाख बढी दर्शक स्रोताले हेरेका छन् । भिडियोमा १९ हजार लाइक्स र १४६१ बढी सकारात्मक प्रतिक्रिया रहेको छ। भिडियोलाई मिडिया हाउस बाट समेत राम्रो साथ प्राप्त भएको छ।

यो गीतमा स्वयम गायक मगरको शब्द, संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

बिजेश र राजनको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर‘ मार्फत भिडियो तयार पारिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरले आफ्नो पहिलो गीतलाई मन पराइदिएकोमा सम्पूर्ण दर्शक स्रोतालाई धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा अझै स्तरीय सिर्जना प्रस्तुत गर्दै जाने उनले बताएका छन्।