काठमाडौँ । अभिनेता दीपकराज गिरीले आफूलाई फेसबुकमा आउने गाली र प्रशंसामाथि विश्वास नलाग्ने बताएका छन् ।
मंगलवार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘हिजो तिमीलाई भगवान बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी ! त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि !’
दीपकराजले अभिनेता पल शाहको प्रसंगमा लेखेको अनुमान गर्न सकिन्छ ।







