काठमाडौं – गायिका रेणु चाम्लिङको सुमधुर स्वर र शब्दमा रहेको ‘मनको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हरि लम्सालले संगीतवद्द गरेको यस गीत गीतमा सुरज श्रेष्ठको संगीत संयोजन रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रिन्स बिश्वकर्मा र नग्मा श्रेष्ठबीचको फिचर्ड छन्।

युवा प्रेम र आकर्षणलाई भिडियोमा प्रस्तुत गरिएको छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्। राजेश पुमा राईको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘रेणु चाम्लिङ अफिसिएल‘ नामक युट्युव च्यानल मार्फत भिडियो तयार पारिएको हो। भिडियोलाई दर्शक स्रोता मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।