काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ ।

विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट््युव) मार्फत सार्वजनिक गरिएको हो ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गर्नुभएको आचार्यको कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदिप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र हेर्नका लागि यो लिङ्क थिच्नोस्  https://www.youtube.com/watch?v=RvhSGrJ-v14