काठमाडौं । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताउनुभएको हो ।

उहाँले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताउनु भयो । उहाँले पार्टी केन्द्रिय कार्य समिति भारदारी सभा नभएको भन्दै चेतावनी पनि दिनुभयो । 

उहाँले काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताउनु भयो । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गर्नुुभयो । दोषि भएमा खाँणलाई कारबाही गर्नुपर्ने उहाँको भनाई छ ।