सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आजै अपरान्ह ४ बजे बस्नेगरी सकिएको छ । ]
बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा आगामी १७ गतेबाट बस्ने केन्द्रिय समितिको एजेण्डा तयार गर्ने विषयमा प्ररम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो ।
उहाँले केन्द्रिय समितिको बैठकका लागि प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको र केही पदाधिकारीहरुले आफ्नो धारणा राखिसकेको र केही पदाधिकारीको धारणा साँझ ४ बजेको बैठकमा राख्नगरी अहिलेलाई बैठक सकिएको बताउनु भयो ।
उपाध्यक्ष महराले पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै अनुमति दिएसँगै पदाधिकारी बैठक बसेको बताउनु भयो ।







