काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको छ ।
आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गर्नुभएको हो ।
उहाँले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरुका बिचमा एकताको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताउनु भयो । त्यस्तै भेदभाव, अन्याय र अत्याचारका बिरुद्धमा पनि एक हुनुपर्ने उहाँको भनाई छ ।
उहाँले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।







