काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरु बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताउनुभएको हो । उहाँले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताउनु भयो ।
उहाँले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताउनु भयो । नेपालले कुनैपनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताउनु भयो ।
नेपालले संविधानमा अधिकारहरु थुप्रै दिएपनि लागू हुने कुरामा कमी देखिएको बताउनु भयो ।







