काठमाडौं : गीतकार सुधा मरहट्टा र बिक्रम बजगाईको शब्दमा रहेको ‘निधरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर, संगीत र संगीत संयोजन सरित राईको रहेको छ। म्युजिक भिडियोमा पुस्कर दाहाल र मंशु पाख्रिनको अभिनय रहेको छ। देव दोर्जे लामाले छायांकन गरेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन्।
अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सनराईज म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यसअघि गीतकार मरहट्टाको शब्दमा रहेको ‘तिम्रो मायाले’, ‘फूल फूल्यो’ लगायत म्युजिक भिडियो सार्वजनिक भैसेका छन्।








