काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक आज पनि जारी रहनेछ ।

बुधवारदेखि जारी बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले बोल्ने क्रम सकिएको छ ।

बैठकमा मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ ।