काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताहरुले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा आईतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरुले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन ।

उनीहरुले संसद बैठकनै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए । संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनु भयो ।

संसद बैठकनै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरुले राखेको उहाँले बताउनु भयो ।

उपमहासचिव तुलाधरले भन्नु भयो, ‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसावले विषयबस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका ग¥यो त ? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन । त्यसैले संसदको गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ । त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन । सदनको एक मिनेटको विजनेश भनेको पनि असाध्य महत्वपूर्ण कुरा हुन्छ । अव त्यो चाँही प्रतिपक्षले जे गरिरहेको छ । त्यो चाँही बठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन ।’

FINAL.00_04_16_20.Still013.jpg

हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १० औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भईरहेको छ ।  एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो । उपमहासचिव तुलाधरका अनुसार अव भदौं पहिलो साता बस्ने पोलिटव्युरो र केन्द्रिय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ ।