काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने बताएका छन् ।
नेता सिंहले कांग्रेस काठमाडौं– १ मा आयोजित कार्यक्रममा आफूले गरेकाका काम जनतालाई अनुभूत हुने गरी कांग्रेसले बुझाउन नसकेको नेता सिंहले बताए ।
अहिलेको प्रतिस्पर्धी अवस्था अनुरुप पार्टी संगठन बनाउनुपर्ने सिंहले बताए । ‘पहिले जस्तो अवस्था अब रहेन । समय परिस्थिति अनुसार चल्न नसके कांग्रेसलाई पनि ग्राहो पर्छ । पुरानो पार्टी ठूलो पार्टी ईतिहासको कुरा गरेर मात्रै बन्दैन,’ उनी भन्छन् ।
नेता सिंहले कांग्रेसका गतिविधि खर्चिलो हुनथालेको भन्दै यसमा पनि सुधार ल्याउनुपर्ने बताए । पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कोलाई दोष लगाएर कोही बलियो हुन नसक्ने उनको भनाइ छ ।
चित नबुझेको बोल्नु पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे ।
पार्टी निर्णयका पक्षमा उभिएर जिम्मेवारी बोध गरेर अघि बढ्नु पर्नेमा नेता सिंहको जोड थियो ।







