काठमाडौं । आज शुक्रबार सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शुरु हुनेछ ।
आजको बैठकमा संसद अवरोध खुलाउने बारेमा छलफल हुनेछ ।
क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले लामो समयदेखि संघीय संसद बैठक अवरुद्ध गरिरहेको छ ।
यस्तै पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेको विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।







