काठमाडौं – युवा गायक जेम्स गजमेरले ‘चिसो चिसो यो मौसमम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक भर्सनको यस गीतमा शब्द, संगीत स्वयम् गायक गजमेरको रहेको छ। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीतको म्युजिक भिडियोमा संजय बिश्वकर्मा र सिर्जना गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
संजय बिश्वकर्माको कोरियोग्राफी र कन्सेप्ट रहेको यस गीतको भिडियोमा सागर महतको छायाँकन र सम्पादन रहेको छ। भिडियो गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत भिडियो सार्वजनिक भएको हो। अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा बस्दै आएका गायक गजमेरले यसअघि ‘सायद मायामा’, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले सम्पूर्ण स्रोता, दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।








