काठमाडौं – गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएकी गायिका सिम्रन परियारको स्वरमा रहेको ‘न्याय दिलाइदे’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ। यसअघि उक्त गीत गायक प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको थियो।
योगेश मुखियाको शब्दमा रहेको यस गीतमा ऋषि खड्काको संगीत रहेको छ। गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा समिप निरौला, आलिशा बास्तोला, सुबाश शाह, मिना जिसी, बिराज सुवेदी, बिना श्रेष्ठ र माया श्रेष्ठको अभिनय रहेको छ।
समिप निरौलाको परिकल्पना र कथा रहेको म्युजिक भिडियोलाई माधव शर्माले निर्देशन गरेका हुन् । राम केसीले छायांकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।








