काठमाडौं । कलाकार नम्रता श्रेष्ठले सारुक ताम्राकारले आत्महत्या गरेपछि आफूविरुद्ध मिडियामा आएका कपोलकल्पित समाचारहरू प्रति घोर भर्त्सना गरेकी छन्।

साेमबार बिहान कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् पत्रकारिताको घोर भर्त्सना गरेकी हुन्।

कलाकार सारुक ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए। उनको निधनपश्चात् विभिन्न मिडियाले कलाकार श्रेष्ठ विरुद्ध समाचार सम्प्रेषण गरेका थिए। तिनै समाचारप्रति उनले आपत्ति जनाएकी हुन्।

‘मेरो परिवार र हाम्रो कानूनी टीमले त्यो किसिमको हर्कतलाई नजिकबाट नियालिरहेका थियौं, एकजना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला, सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपील गर्दछु,’ उनले लेखेकी छन् ।

अनुसन्धानमा असर पर्ने भएकाले आफू अहिलेसम्म मिडियामा नबोलेको भन्दै उनले प्रहरी प्रशासनले बोलाएका बेला उपस्थित भएर बयान दिइसकेको बताएकी छन् ।