नयाँ दिल्ली । भारतीय चलचित्र गदर २ को भव्य उत्सव हरेक दिन बाहिर मात्र होइन बक्स अफिसमा पनि देख्न सकिन्छ।

त्यसैले गदर २ ले कति कमायो जान्नलाई हरेक फ्यानहरू आतुर रहेका छन् ।

भारतीय बक्स अफिस ट्रयाकरको प्रारम्भिक तथ्यांक अनुसार गदर २ ले २६ औं दिन २.६ करोड (भारू) कमाएको छ ।

जबकि भारतमा फिल्मको कलेक्सन अहिले ५०६.२७ करोड पुगेको छ । एकै साथ, यो संख्या विश्वभर ६५९ करोड हासिल गरेको छ। इन्डियन ग्रसको कुरा गर्दा यो ५९४.५ करोड पुगेको छ ।

कलेक्शनको कुरा गर्दा पहिलो साता २८४.६३ करोड, दोस्रो साता १३४.४७ करोड र तेस्रो साता ६३.३५ करोड कमाएपछि फिल्मले २२ औं दिन ५.२ करोड, २३ औं दिन ५.७५ करोड कमाएको छ । २४ औं दिन ७.८ करोड र २५ औँ दिन २.५ करोड कमाएको थियो ।

उल्लेखनीय छ कि अगस्ट ११ मा रिलिज भएको गदर २ सन्नी देओलको ब्लकबस्टर फिल्म मध्ये एक बन्यो । योसँगै दर्शक र फ्यानले पनि यो फिल्मलाई धेरै माया दिएका छन् ।