फिल्म ‘एक भगवत् गीता’ को नाम परिवर्तन गरिने भएको छ।

अब फिल्मको ‘एक भागवत र एक गीता (सामाजिक कथा)’ रहनेछ। फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाहरूले चलचित्र विकास बोर्डमा उजुरी हालेका थिए।

धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो।

फिल्म भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको छ।