काठमाडौं । आज आश्विन संक्रान्ति, प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।

यस अवसरमा सवारी साधन, कलकारखाना र धातुका विभिन्न औजारको पूजा गर्ने गरिन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।