काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलाएको गुटको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि नजाने भएका छन् ।

 महामन्त्री शर्माले आफू बैठकमा नआउने सन्देश कोइराला समूहलाई दिइसकेका छन् ।

केन्द्रीय समितिको बैठक बस्नुअघि नेता कोइरालाले बोलाएको छुट्टै भेलामा आफू पनि सहभागी नहुने नेता पौडेलले बताए । उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए ।

नेता कोइरालाले आज दिउँसो १ः३० बजे बस्ने गरि आफ्नो समूहको बैठक डाकेका थिए । उक्त बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो ।