काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा बिहीवार एक दर्जन केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राखेका छन् भने आज बाँकी सदस्यहरुले पार्टीका बारेमा आफ्नो धारणा प्रकट गर्नेछन् ।







