अभिनेता प्रदीप खड्काले फिल्म ‘रावायण’लाई लिएर उत्पन्न विवादलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन् । सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले कानूनी राजको विकल्प नभएको बताएका हुन् ।
अभिनेता खड्काको स्टाटस अनमोल लक्षित देखिन्छ। खड्काले भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण दिंदै बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने टिप्पणी गरेका छन्।
खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने। विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै।’







