काठमाडौं । चलचित्र ‘पशुपतिप्रसाद–२ भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ ।
कात्तिक ४ गते रिलिज हुने चलचित्रको ट्रेलर आज काठमाडौंमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो ।
चलचित्रमा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् ।







