काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
कांग्रेस संसदीय दलले एक विज्ञप्ति जारी गरी उक्त बैठकबारे जानकारी दिएको हो । बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
कांग्रेसले आइतबार बिहान संसदीय दलको बैठकमा विशेषज्ञ र विज्ञसँग विद्युत् सम्बन्धी विधेयकमाथि छलफल गरेको थियो।







