काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् ।
बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गरेका हुन ।
सापकोटाले गत माघमा रास्वपा चितवन जिल्ला सभापतिबाट राजीनामा दिएका थिए ।







