काठमाडौं – गायक तथा संगीतकार सजल न्यौपानेको स्वर, संगीतमा रहेको प्रेमिल शैलीको ‘मायाको पोको‘ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अस्ट्रेलियामा बस्दै आएका गीतकार सक्रिय श्रेष्ठको रहेको छ।
म्युजिक भिडियोमा सुमन कार्की र कुशुम शर्मा बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कमेडियन कार्की अभिनित यो पहिलो म्युजिक भिडियो हो। भिडियोमा रेशम बुढाथोकी, सगुन न्यौपाने, रोजेन सुन्दास र दिपेन्द्र सोनामको समेत अभिनय रहेको छ।
हरि हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। स्वोस्ती श्रेष्ठ निर्मात्री रहेको यस गीतको भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार श्रेष्ठको च्यानल ‘सक्रिय क्रियशन‘ मार्फत सार्वजनिक गरिएको हो।








