काठमाडौं । चलचित्र ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक गरिएको छ ।

गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ ।

सिनेमा कात्तिक २४ गते नै नेपाल बाहेक विश्वभरका धेरै देशमा रिलिज हुँदैछ ।

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।