काठमाडौं – आज लक्ष्मी पूजा मनाइदै छ। बजारमा तिहारका गीतहरु बजिरहेका छन्। तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि ।

जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर कलाकारहरुले थुप्रै गीतहरु सार्वजनिक गर्ने गरेका छन्।

तिहारलाई लक्षित गरेर गायिका सुशिला बरालले ‘तिहारको बेला‘ बोलको भैलेनी गीत सार्वजनिक गरेकी छन्। गीत स्वयम् गायिका बरालको शब्द, संगीतमा रहेको छ। लिरिकल भिडियोको रुपमा सार्वजनिक भिडियोलाई गायिका बरालको च्यानल ‘सुशिला बराल‘ मार्फत सार्वजनिक गरिएको हो।

गायिका बरालको स्वरमा रहेको ‘तिमीले हेरेर’ बोलको गीत दर्शक स्रोतामाझ लोकप्रिय छ। उनका यसअघि ‘जुनी जुनी’, ‘तिम्ले आँखाको इसाराले’लगायातका गीतहरु समेत सार्वजनिक भइसकेका छन् ।