काठमाडौं – गायक निप्पोन लामाले ‘सिरसिरे हावा‘ बोलको गीत सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको यस गीतमा स्वयम् गायक लामाको शब्द, संगीत रहेको छ। लिरिकल भर्सनमा उपलब्ध यस गीतलाई शेखर लामाले निर्माण गरेका हुन्।

हाल अस्ट्रियामा बसोबास गर्दै आएका गायक निप्पोनले यसअघि ‘आँखाले‘, ‘हे गर्ल’ बोलको गीतहरु सार्वजनिक गरिसकेका छन्। ‘सिरसिरे हावा‘ गायक लामाको च्यानल ‘निप्पोन लामा‘ मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।