काठमाडाै। दक्षिण कोरिया हुँदै विभिन्न देशहरुमा लोकप्रिय बनेको प्यानल SY प्यानल अब भुटानमा पनि निर्यात हुँदैछ । SY प्यानलको चितवन रत्ननगर पिठुवामा रहेको फ्याक्ट्री बाट प्यानल निर्यात हुन लागेको कुरा SY प्यानल नेपालका जेनेरल म्यानेजर अविरल जिम्बाले जानकारी गराउनु भएको हो ।

नेपालमा रहेको फ्याक्ट्री बाट प्यानल भुटानमा स्थापना गर्नका लागि भुटानमा SY प्यानल बिल्डर्स भुटान नाम गरेको डिलर दर्ता भइसकेको डिलरका म्यानेजर जीवन बरालले बताउनु भएको छ । भुटानको बाताबरणको लागि SY प्यानल उपयुक्त हुने भएकोले पनि SY प्यानललाई भुटान भित्र्याउन लागेको कम्पनिका SY प्तानल बिल्डर्स भुटानका सस्थापक उग्गेन लामाले बताउनु भयो । नेपाल लगायत विभिन्न देश हरुमा जसरी SY प्यानल लोकप्रिय छ त्यसरिनै भुटानमा पनि लोकप्रिय हुने बिश्वासका साथ SY प्यानल नेपालका म्यानेजिङ डिरेक्टर छोइ दोङ इलले शुभकामना ब्यक्त गर्नुभयो ।