डडेलधुरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ की रहँदैन ? भन्ने आशंका रहेको बताउनुभएको छ । 

शुक्रवार डडेलधुरामा आयोजिच महाकाली—मेची अभिायनअन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन रही राखे सम्हाल्नै नसक्ने गरी देशलाई बर्बादीमा लग्ने बताउनु भयो ।

उहाँले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको बताउनु भयो । 

अध्यक्ष ओलीले सरकारका वरपरका मानिसहरु भ्रष्टाचारमा लिप्त रहेको बताउनु भयो ।