काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालतले आदेश दिएको छ ।

रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो । अदालतले टेकनाथ रिजाललाई पनि धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई भने पुर्पक्षका लागि थुनामै राख्न आदेश दिइएको छ ।