जनकपुरधाम। आम जनता पार्टीले बैंक क्षेत्रसँग सम्बन्धित् विभिन्न माग राखेर प्रदर्शन गरेको छ । 

जनकपुरधाममा उसले बुधबार गरेको हो ।  बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उसका माग छन् ।

यदी माग पूरा नभए मधेश प्रदेश बन्द गर्ने चेतावनीसमेत दिइएको छ ।