विराटनगर। मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । 

बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उपचार गराइरहेका अन्य तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।