काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक पछी अर्को उत्कृष्ट सिर्जना थपिँदै गइरहेको बेला चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ म्युजिक भिडियो “आफ्नो भन्नू तिमी थियौ” सार्वजनिक भएको छ। Meshana Music युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र भावनात्मक संघर्षको कथालाई प्रस्तुत गर्छ।
यो गीतका शब्द तथा सङ्गीत सुवास कार्की ( कार्की जी ) ले तयार पारेका हुन्। प्रमोद खरेलको दमदार स्वरमा सजिएको यो गीत श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
यस गीतको भिडियो उत्तम श्रेष्ठ (शिशिर ) को निर्देशनमा तयार पारिएको छ। भिडियोमा विक्रम बुढाथोकी, विनिता ओली, सुनिल खनाल, रोशन परियार, र गीतु बिष्टको दमदार अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।
म्युजिक भिडियोमा प्रेम र विछोडका गहिरा भावनाहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। आकर्षक सिनेमाटोग्राफी, प्रभावशाली अभिनय, र हृदयस्पर्शी संगीतका कारण भिडियोले दर्शकको मन छोएको छ।
