काठमाडौं । अमेरिका बसेर नेपाली गीत संगीतमा सक्रिय अर्जुन थापाको शब्द तथा संगीतमा समावेश गीत ‘मलाई माया’ सार्वजनिक भएको छ । यस गीतमा गायिका रचना रिमाल र गायक कृष्ण काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ।
म्युजिक भिडियोमा अर्जुन थापा र निरु थापाको अभिनय रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलिई सुरेश राउतले सम्पादन गरेका हुन्। सुरेश थापाको निर्देशनमा रहेको भिडियो कलाकुञ्ज युवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।








